काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

जसमा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिए। 

याेसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ। 

मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन्। 

जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन्। यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन्। 

प्रकाशित मिति: : 2020-08-22 16:43:26

प्रतिकृया दिनुहोस्