ट्रम्पका पूर्व राजनीतिक सल्लाहाकार पक्राउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व राजनीतिक सल्लाहाकार स्टेभन बोनन पक्राउ परेका छन्। उनीसहित अन्य तीनजना पनि पक्राउ परेको भक्स डटकमले जनाएको छ। बोनन्ले दाताहरुबाट उठाएको रकममा धोका दिएको आरोप लगाइएको छ।

राष्ट्रपति ट्रम्पको महत्वाकांक्षी योजना सीमामा पर्खाल लगाउने योजनाका लागि बोनन्ले चन्दा अभियान चलाएका थिए। सो अभियानअनुसार उठाइएको रकममा उनले अनियमितता गरेको आरोप लगाइएको छ।

उनलाई बिहीबार न्यू योर्कबाट डुंगामा चढेको समयमा अमेरिकी पोस्टल एजेन्सीका अधिकारीहरुले पक्राउ गरेका हुन्। न्यू योर्कको दक्षिणी जिल्लास्थित महान्यायधिवक्ता उनीविरुद्ध आरोपत्र दायर गरिएको थियो।

बोनन्ले २४ मिलियन अमेरिकी डलच चन्दा उठाएको जनाइएको छ। यो चन्दा अभियान ब्रायन कोल्फेजले गरेका थिए। जब चन्दा उठ्न शुरु भयो यसमा बोनन् पनि सहभागी भएको बताइएको छ। चन्दा उठाउने समयमा उनीहरुले पटक पटक चन्दा उठेको रकमबाट सीमामा पर्खाल बनाउने प्रतिबद्धता गरेका थिए। तर अभियोजनकर्ताहरुले भने उनीहरुले चन्दा उठाकाएको रकमको दुरुपयोग गरेको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2020-08-21 00:07:58

प्रतिकृया दिनुहोस्