सरकारद्वारा जर्मनी, बेल्जियम र पाकिस्तानका लागि नयाँ राजदूत सिफारिस

सरकारले जर्मनी, बेल्जियम पाकिस्तानका लागि नयाँ राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले परराष्ट्रमन्त्रालयका सहसचिवहरू गेहेन्द्रराज भण्डारीलाई बेल्जियम, तपस अधिकारीलाई पाकिस्तान र रामकाजी खड्कालाई जर्मनीका लागि नेपाली राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो।

सहसचिव राजभण्डारी परराष्ट्रमन्त्रालयमा शिष्टाचार महापाल,खड्का राहदानी विभागका महानिर्देशक र अधिकारी दक्षिण पूर्वी एसिया र प्यासेफिक डिभिजनका प्रमुखका रुपमा मन्त्रालयमा कार्यरत छन्।

अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरू राजदूत नियुक्त हुनेछन्।

उनीहरू तीनै जना करियरतर्फबाट राजदूतमा सिफारिस भएका हुन्। राजनीतिक कोटाबाट राजदूत हुनेहरूको भने अझै टुंगो लागेको छैन।

अझै दक्षिण अफ्रिका, दक्षिण कोरिया र श्रीलंकालगायत देशमा राजदूत रिक्त छन्।

प्रकाशित मिति: : 2020-08-18 16:50:50

प्रतिकृया दिनुहोस्