महोत्तरीमा भदौ १० गतेसम्म निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय महोत्तरीले १० दिनको लागि महोत्तरीमा निषेधाज्ञाको घोषणा गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको १५ वटै पालिकाको प्रमुखहरुको बैठकको निर्णयअनुसार गए रातिदेखि महोत्तरीको हरेक स्थानमा निषेधाज्ञा लागू गरिएको हो ।

गएराति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालकाअनुसार निषेधाज्ञा जारी गरिएका ठाउँमा अत्यावश्यक सेवाका साधन, औषधि उपचार र खाद्यान्न स्टोरबाहेक सबै बन्द रहने छ । 

त्यस्तै अतिआवश्यक पसलहरु मास्क, स्यानिटाइजर, ग्लोब्सकाे प्रयोग र समाजिक दूरीको पालना गरी बिहान ९ बजेसम्म मात्र खुल्ने प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिएका छन । यसअघि जिल्ला प्रशासन कार्यालय महोत्तरीले साउन १५ देखि जलेश्वर र महोत्तरी गाउँपालिका ३ र ५ मा निषेधाज्ञा जारी गरेको थियो ।

साउन २५ गते फेरि सात दिन ती पालिकामा निषेधाज्ञाको समय बढाएको थियो ।

प्रकाशित मिति: : 2020-08-18 09:53:58

प्रतिकृया दिनुहोस्