टिकटकपछि ट्रम्प प्रशासन अलिबाबाप्रति आक्रामक बन्दै

टिकटकपछि अमेरिका सबैभन्दा बढी आक्रामक अर्को चिनियाँ कम्पनी अलिबाबाप्रति भएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि मात्र अमेरिकामा टिकटक सञ्चालन गर्ने हो भने अमेरिकी कम्पनीलाई टिकटकको अधिकार सुम्पन आदेश दिएका थिए। 

अब उनले इ–कमर्शको सबैभन्दा ठूलो कम्पनी अलिबाबालाई बेच्न चीन सरकारलाई दबाव दिने सम्भावना रहेको छ। 

राष्ट्रपति ट्रम्पले १४ अगस्टमा कार्यकारी अधिकार प्रयोग गर्दै अमेरिकामा टिकटकको पेटेन्ट रहेको ‘बाइट डान्स’ लाई ९० दिनभित्र टिक टकको सञ्चालन सम्बन्धि अधिकार बेच्न आदेश दिएका थिए। 

ट्रम्पले टिकटकमार्फत चीनले आफ्नो देशमा जासुसी गर्दै आएको आरोप लगाउने गरेका छन्। 

ट्रम्प प्रशासनले टिकटक र अलिबाबा जस्ता कम्पनी चिनियाँ सरकारको नियन्त्रणमा रहेका कारण यसबाट उपलब्ध हुने तथ्यांकले सुरक्षामा गम्भीर समस्या उत्पन्न हुने बताउँदै आएको छ।

प्रकाशित मिति: : 2020-08-18 07:50:39

प्रतिकृया दिनुहोस्