एसईईको नतिजा आजै प्रकाशित हुने

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा  सोमबार साँझ प्रकाशित गर्ने भएको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसरा बोर्डको बैठकले यस वर्षको एसईई परीक्षाको नतिजा प्रमाणीकरण गर्ने निर्णय गरेको हो।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले प्रमाणीकरण गरेपछि नतिजा सार्वजनिक गर्ने प्रावधान छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित गर्ने भएको छ।

बोर्डले १० दिनअघि नै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार पारेको थियो। नतिजा प्रकाशित गर्दा विद्यार्थीको चहलपहल बढ्ने र कोरोना संक्रमण झनै फैलन सहयोग पुग्‍ने भन्दै रोकिएको थियो।

गत वर्षभन्दा फरक तरिकाले परीक्षा सञ्चालन भएका कारण विगतमा जस्तै नतिजा सार्वजनिक गर्ने वा नगर्ने विषयमा बोर्डमा विवाद छ। नतिजा प्रमाणित मात्रै गरेर विद्यालयलाई जानकारी दिनुपर्ने केही सदस्यहरुको तर्क छ ।

बोर्डले परीक्षा नियन्त्रण कार्यालय कक्षा १० लाई नतिजा प्रमाणिकरणको अन्तिम तयारी गर्न निर्देशन दिइसकेको छ ।

नतिजा प्रकाशन गर्नुअघि बोर्डको बैठक बस्नुपर्ने व्यवस्था छ । बोर्डका केही सदस्यले सोमबार नतिजा प्रकाशन नमुना (डेमो) को समेत अध्ययन गरिरहेका छन् । नतिजा प्रकाशनका लागि बाँकी रहेका काम भइरहेको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । ‘आज साँझ वा भोलि बिहानसम्म नतिजा आउने सम्भावना छ,’ उनले भने ।

यसवर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थी थिए। कोरोना भाइरसका कारण बोर्डले परीक्षा सञ्चालन गर्न सकेन्।

प्रकाशित मिति: : 2020-08-17 18:19:12

प्रतिकृया दिनुहोस्