गण्डकी प्रदेशसभाको दोस्रो दिनको बैठक पनि स्थगित

गण्डकी प्रदेशसभाको दोस्रो दिनको बैठक पनि स्थगित भएको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकार संम्वेदनशिल नभएको भन्दै  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबारको बैठक पनि स्थगित भएको थियो। 

सोमबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेलगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए। 

कोरोना महामारीका कारण लामो समयसम्म संसद चल्न नसक्ने भन्दै सभामुख अधिकारीले पटक–पटक बैठक सुचारु गर्न सहयोग गर्नको लागि अनुरोध गरेका थिए। 

कांग्रेस उठाएको माग संसदसँग सम्बन्धित नै नभएको र केही प्रक्रिया संसदबाट सर्वसम्मत ढंगले पारित भई सकेको हुँदा छिटै संसद अन्त्य गर्नुपर्ने बाध्यता बुझेर सांसदहरुलाई बैठक सुरु हुन दिनका लागि आग्रह गरेका थिए।

सभामुख अधिकारीले पटक–पटक संसद सुचारु गर्नको लागि बस्न आग्रह गर्दा समेत सांसदहरुले नमानेपछि सभामुख अधिकारीले बैठक स्थगित भएको घोषणा गरेका थिए। प्रदेशसभाको अर्को बैठक भदौ ९ गते दिनको १ बजे बस्नेछ। 

प्रकाशित मिति: : 2020-08-17 14:31:22

प्रतिकृया दिनुहोस्