धरानमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

धरानमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ६ नर्स संक्रमित भएकामा उनीहरूबाट परिवारका सदस्य र अन्यमा फैलिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए।

ती नर्स पनि त्यही भर्ना भएकी बिरामीबाट संक्रमित भएका हुन्।

नर्सहरूको सम्पर्कमा आएका परिवार सदस्यसहित ४० जनाको पीसीआर जाँच गर्दा १३ जनामा संक्रमण देखिएको मेहताले बताए। 

संक्रमितहरूलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।

प्रकाशित मिति: : 2020-08-17 14:13:50

प्रतिकृया दिनुहोस्