रुपन्देहीमा आयल निगमका १४ कर्मचारीमा कोरोना संक्रमण

रुपन्देहीमा नेपाल आयल निगमका १० जनामा कोरोना संक्रमण देखिएको छ । 

 निगम प्रादेशिक कार्यालय प्रदेश ५ का प्रमुख इन्जिनियर सुरज शाहका अनुसार आइतबार आएको स्वाब परीक्षण रिपोर्टअनुसार भलवारीका ३, भैरहवा पेट्रोल पम्पका ३ र विमानस्थलस्थित हवाई ईन्धन डिपोका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे। 

केही दिनअघि विमानस्थल डिपोका ४ जना कर्मचारीलाई रुघाखोकी लागेर पीसीआर परीक्षण गर्दा पोजिटिभ नतिजा आएपछि निगमले जिल्लामा रहेका ३ वटै डिपोका कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो । 

प्रकाशित मिति: : 2020-08-16 16:05:28

प्रतिकृया दिनुहोस्