भारतबाट हुने अवैध आवागमनलाई नियन्त्रण गर्न १२ सय बढी बिओपी स्थापना

गृहमन्त्री रामबहादुर थापाले भारतबाट हुने अवैध आवागमनलाई नियन्त्रण गर्नकाे लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरेकाे बताएका छन्। 
 
सरकारले हालै मात्र भारतबाट नेपाल आउने नेपाली नागरिकका लागि १० वटा प्रवेश बिन्दु तोकेको छ। उक्त प्रवेश बिन्दुबाट नेपाल आउने व्यक्तिहरूको अभिलेख राख्ने कामको सुरुवात भएको उनले बताए। 

तर अझै पनि लुकिछिपी आउने क्रम देखिएको मन्त्री थापाले बताए। गृहमन्त्री थापाले भने, ‘धेरै हदसम्म नियन्त्रण गरेको छ, तर केही मात्रामा लुकीछिपी आउने काम भइरहेको छ।’

यस्तै उनले भविष्यमा सीमामा सुरक्षा बढाउनका लागि काम भइरहेको बताए। सीमा सुरक्षासम्बन्धि विशेष योजना र व्यवस्था गर्नुपर्ने अहिलेको आवश्यकता रहेको र त्यसमा सरकारले काम गरिरहेको उनको भनाइ थियो।

प्रकाशित मिति: : 2020-08-16 14:48:53

प्रतिकृया दिनुहोस्