पर्साको धोवीनी गाउँपालिकाको लापारवाहीको कारण ३ दिनदेखि कोरोना पोजिटिभ बिरामी घरमा नै बसेको खुलेको छ।
जिल्लामा रहेको संकट व्यवस्थपन केन्द्रले पर्सामा रहेका स्थानियतहरुले आफैंआइसुलेसन तयार गरि संक्रमितहरुलाई व्यवस्था गर्ने निर्णय गरेपनि धोवनी गाउँपालिले अहिलेसम्म आइसुलेसन वार्ड नै निर्माण गरेको छैन।
पूर्ववडाअध्यक्ष बुनिलाल कुर्मीले पोजेटिभ देखिएका व्यक्तिहरुलाई आइसोलेसनमा नलैजाँदा गाउँभर संक्रमणको डर फैलिएक बताए।
‘एक त संक्रमण फैलिने डर छ। अर्को तर्फ गाउँभरि संक्रमितलाई हेला गर्ने गरेका छन्। यसले निकट भविष्यमा ठूलो बिभेद निम्त्याउने खतरा छ,’ उनले भने।
तर, पोजेटिभ देखिएका व्यक्तिको टोलमा नै सर्वधारणलाई आवतजावतमा रोक लगाइएको छ।
गाउँपालिका वडाध्यक्ष राजकिसोर कुर्मीले आइसुलेसन सञ्चालनका लागि पहल भइरहेको बताए।
‘अहिले संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। अरु संक्रमित राख्न गाउँपालिकाको वडा २ भिखमपुरमा रहेको विद्यालयमा आइसाेलेसन निर्माण भइरहेको छ,’ उनले भने।
यता गाउँपालिका उपध्यक्ष सुरेश कुर्मीले सात बिरामीलाई हिजोदेखि पोखरियामा रहेको आईसोलेसन वार्डमा राख्न पहल गरिहेको कुरा जिल्ला स्वासथ्य कार्यलय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिएका छन।
पर्सामा १४ वटा मध्ये १२ वटा स्थानिय सरकारले आइसाेलेसन निर्माण गरि सकेको जिल्ला स्वास्थ्य कार्यलय पर्साले जनाएको छ।