कोरोना संक्रमित २ सय नाघेका जिल्लाबाट काठमाडाैं प्रवेशमा रोक!

काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितको संख्या १५ सय नजिक पुगिरहेका बेला सरकारले प्रवेशमा कडाइ गरेको छ।

यसअघि साँझ ७ देखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको सरकारले २ सयभन्दा बढी संक्रमित भएका जिल्लाबाट यहाँ  प्रवेशमा रोक लगाएको हो।

सोमबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले २ सयभन्दा बढी संक्रमित भएका जिल्लाबाट अत्यावश्यक काम बाहेकले आवतजावत गर्न नपाउने जानकारी दिए।

अत्यावश्यक काम भएमा स्थानीय प्रशासनबाट स्वीकृति लिएर मात्र काठमाडौं प्रवेश गर्न पाइने छ। यस बाहेक सरकारले २ सय भन्दा बढी स‍ंक्रमित रहेका जिल्लामा अन्तरजिल्ला प्रवेश राेक लगाएकाे छ।

सरकारले काठमाडौं उपत्यकामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा ५० प्रतिशत कर्मचारीबाट काम थाल्न भनेको छ। तर,  बढी जनसम्पर्क हुने सरकारी सरकारी तथा गैरसरकारी कार्यालय अर्को सूचना जारी नभएसम्म बन्द राख्ने निर्णय बैठकले गरेको छ।

प्रकाशित मिति: : 2020-08-12 12:40:10

प्रतिकृया दिनुहोस्