सरकारले तोक्यो भारतबाट आउन पाइने १० नाका 

सरकारले भारतबाट नेपाल प्रवेश गर्न १० वटा नाका तोकेको छ । 

कोरोना संक्रमणको जोखिमका कारण अन्य नाकाबाट भने नेपाल प्रवेश नपाइने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।

सरकारका प्रवक्ता युवराज खतिवडाले स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै आउ दिने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ।

मन्त्रिपरिषदले गरेको यो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुने उनले बताए।

यसअघि जेठ १२ को निर्णयमा २० नाकाबाट नेपाल प्रवेश गर्न सकिने निर्णय गरिएको थियो। त्यसमा मन्त्रिपरिषदले संशोधन गर्दै १० नाकामा झारेको हो।

खतिवडाले सीमा नाका भने भदौ ३१ गतेसम्म बन्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको बताए। मालसामान ढुवानी र जोखिममा रहेका नेपालीलाई नाकाबाट आउन दिने उनले बताए।

प्रकाशित मिति: : 2020-08-11 17:24:15

प्रतिकृया दिनुहोस्