मुम्बईमा १६ अर्ब रूपैयाँ बराबरको लागूऔषध बरामद

अफगानिस्तानबाट इराहुँदै भारतको मुम्बईमा लुकाएर ल्याउँदै गरेको १९१ किलो खैरो हेरोइन लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। 

प्लास्टिकको पाइपमा अफगानिस्तानबाट इरानको बाटोहुँदै पाकिस्तान भएर भारत ल्याउँदै उक्त परिणामको लागूऔषध मुम्बईस्थित समुन्द्री तटमा डायरेक्टोरेट अफ रेवेन्यू इन्टेलिजेन्स (डीआरआई) र कस्टम विभागले बरामद गरेको हो।

अन्तर्राष्ट्रिय बजारमा  १६ अर्ब नेपाली रुपैयाँ बराबरको उक्त लागूऔषध बरामद भएको हालसम्मकै सबैभन्दा ठूलो परिणाम भएको भारतीय प्रहरीले जनाएको छ।

भारत भित्र्याउने क्रममा तस्करहरूले  लागू औषधलाई आयुर्वेदिक औषधि भएको भन्दै भ्रम फैलाउन खोजेका थिए।

प्रहरीले व्यापारका लागि कागज तयार पारेका दुई कस्टम एजेन्टलाई मुम्बईबाट र अर्को दुई जनालाई राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ।

प्रहरीले यो घटनामा आफूले सबैभन्दा ठूलो ड्रग्स र्‍याकेटलाई पक्राउ गरेको दाबी गरेको छ। गत वर्ष जनवरीमा पञ्जाव पुलिसको एसटीएफले १ सय ९४ किलो हेरोइन अमृतसर जिल्लामा पक्राउ गरेको थियो। यस घटनामा ६ जनालाई पक्राउ गरिएको थियो।

प्रकाशित मिति: : 2020-08-10 15:30:23

प्रतिकृया दिनुहोस्