हङकङका प्रजातन्त्रवादी अभियन्ता जिम्मी पक्राउ

हङ्‌कङका चर्चित प्रजातन्त्रवादी अभियान्ता जिम्मी लाइ ची यिङ पक्राउ परेका छन्। हङकङका लागि ल्याइएको नयाँ राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत उनलाई पक्राउ गरिएको हो। 

हङकङबाट प्रकाशित हुने दैनिक पत्रिकाका एप्पल डेलीका संस्थापकसमेत रहेका यिङ मिलाई आफ्नै आवासबाट पक्राउ गरिएको हो। यिङसँगै अन्य ६ जना पनि पक्राउ परेको प्रहरीले बताएको छ।

पक्राउ पर्नेहरुमा यिङका दुई छोरा र एप्पल डेल्लीका सीईओ, प्रमुख वित्तीय अधिकारी लगायतका मानिसहरु छन्। पक्राउ परेकाहरु ३९ देखि ७२ वर्ष उमेर समुहको रहेको बताइको छ। 

एप्पल डेल्लीका अनुसार यिङलाई पक्राउ गर्न १० प्रहरीको टोली गएको थियो। उनीमाथि गत महिना चीनले कार्यान्वयन गराएको विवादास्पद राष्ट्रिय सुरक्षा कानून उल्लंघन गरेको, विदेशी मुलुकसँग साँठगाँठ गरेको, देशद्रोही शब्दको प्रयोग गरेको र धोकाधडीको आरोप लगाइएको छ।

यस्तै प्रहरीले मिडिया ग्रुप नेक्स्ट डिजिटलको मुख्यालयमा पनि प्रहरीले छापा मारेको छ। नेक्स्ट मिडिया ग्रुपले एप्पल डेल्ली नामक पत्रिका प्रकाशन गर्दै आएको छ। ग्रुपको मुख्यालयमा दुईसय भन्दा धेरै प्रहरीले छापा मारेका थिए।

हङकङको लागि ल्याइएको राष्ट्रिय सुरक्षा कानुनले त्यहाँको स्वतन्त्रता खोसिन सक्ने आशंका गरिँदै आएको अवस्थामा मिडिया संस्थापक पक्राउ परेका हुन्।  

हङकङका प्रजातन्त्र पक्षधर नेताहरुले मिडियामाथिको यस किसिमको कारबाहीले हङकङको विषयमा निकै नकारात्मक सन्देश दिएको बताएका छन्। 

 तर, यो अपरेसनमा पत्रिकाको सम्पादकीय विभाग वा रिपोर्टरहरुलाई लक्षित नगरिएको प्रहरी अधिकारीले बताएका छन्।

प्रकाशित मिति: : 2020-08-10 14:13:20

प्रतिकृया दिनुहोस्