लगानी बोर्डको सीईओमा सुशील भट्टकाे नियुक्तिविरुद्ध अदालतमा रिट दायर

लगानी बोर्डमा नवनियुक्त सीईओ सुशील भट्टकाे नियुक्तिविरुद्ध अदालतमा रिट दायर भएको छ।

लगानी बोर्डको सीईओमा भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै मन्त्रिपरिषद्को निर्णय बदरको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको हो।

अदालतका प्रवक्ता शम्भु प्रसाद रेग्मीका अनुसार अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गरेका हुन्।

आज दायर रिटमा नवनियुक्त सीईओ भट्टको योग्यता नपुगेको उल्लेख गरिएको छ भने उनको कार्यक्षमताको विषयमा पनि प्रश्न उठाइएको छ।

प्रकाशित मिति: : 2020-08-10 13:00:07

प्रतिकृया दिनुहोस्