पहिरोका कारण अवरूद्व पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ ।
धुञ्चे (स्याफ्रुबीच ठूलोभार्खु डाँडामा यही साउन १९ गतेदेखि सडक सतहमा भाँसिन गई राजमार्ग आवरुद्ध भएको थियो । राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतबारबाट सडक सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका मालबाहक कन्टेनर काठमाडौं प्रस्थान गरेका छन् ।
पहिरोका कारण टिमुरेमा रोकिएको स्वास्थ्य सामग्री बोकेका तीन वटा कन्टेनर पनि आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् ।