कोरोनाको प्रभाव सबैभन्दा बढी ल्याटिन अमेरिकी देशमा

विश्वको ७ वटा महादेशमा कोरोना भाइरसको प्रभाव ल्याटिन अमेरिकामा अत्याधिक देखिएको छ। 

अफ्रिका, एसिया, क्यारेबियन, उत्तर अमेरिकी, युरोप र ओसियाना क्षेत्रभन्दा उत्तर अमेरिकी क्षेत्रमा कोरोनाको प्रभाव ३० प्रतिशतले बढेको छ। यो क्षेत्रमा हालसम्म २ लाख ६ हजार व्यक्तिको निधन भइसकेको छ। 

ल्याटिनमा सबैभन्दा ठूलो प्रभाव ब्राजिलमा देखिएको छ। ब्राजिलमा मंगलबारसम्म ९५ हजार ८ सय १९ जनाको निधन भइसकेको छ। दोस्रो नम्बरमा मेक्सिको छ। यहाँ ४८ हजार ८ सय ६९ जनाको निधन भएको छ। 

पछिल्लो समय कोलम्बिया, पेरु, अर्जेन्टिना र बोलिभियामा पनि कोरोना महामारी फैलिदै गएको तथ्यांकले बताउँछ। यो क्षेत्रमा मात्र संक्रमितको संख्या ५० लाखभन्दा माथि पुगेको सरकारी तथ्यांकले पुष्टी गरेका छन्।

प्रकाशित मिति: : 2020-08-05 13:57:03

प्रतिकृया दिनुहोस्