भारतका समाजवादी नेता सिंहको निधन

बिएल संवाददाता

नयाँदिल्ली

भारतको समाजवादी नेता अमर सिंहको निधन भएको छ । उनको उपचारका क्रममा सिंगापुरमा निधन भएको हो।

नेता सिंहको सन् २०११ मा मृगौला प्रत्यारोपण गरिएको थियो । ६४ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए।

‘बरिष्ठ नेता तथा सांसद अमर सिंहको असामयिक निधनको खबरले हामीलाई अत्यन्त दुःखित बनाएको छ,’ रक्षा मन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। 

प्रकाशित मिति: : 2020-08-02 14:25:32

प्रतिकृया दिनुहोस्