अध्यक्षद्वय ओली र प्रचण्डबीच झण्डै तीन घण्टा छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको छलफल सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफल झण्डै तीन घण्टा चलेको थियो। 

छलफलमा के के भयो भन्नेबारे भने नेताहरुले खुलाइसकेका छैनन्।

आजको छलफलमा झलनाथ खनाललाई पनि सहभागी गराइएको थियो। त्यस्तै नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङपनि आजको छलफलमा सहभागी थिए। 

प्रकाशित मिति: : 2020-08-02 13:56:11

प्रतिकृया दिनुहोस्