गृहप्रवक्तामा सहसचिव बुढा

गृह मन्त्रालयका प्रवक्ता फेरिएका छन्। वरिष्ठ सहसचिव चक्रबहादुर बुढाले गृह प्रवक्ता एवं शान्तिसुरक्षा महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन्। 

यसअघिका प्रवक्ता, सहसचिव केदारनाथ शर्माको केहीदिन पहिले गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्तालयमा सरुवा भएपछि शान्तिसुरक्षा महाशाखा प्रमुख र प्रवक्ताको पद रिक्त थियो।

प्रवक्ताको जिम्मेवारी पाएका बुढा मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखको जिम्मेवारीमा थिए। सहसचिव बुढाले यसअघि मकवानपुर र कास्कीको प्रमुख जिल्ला अधिकारी तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालय प्रमुखको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

प्रकाशित मिति: : 2020-08-02 09:10:58

प्रतिकृया दिनुहोस्