काठमाडौंको शान्तिनगरबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन्।
शुक्रबार महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले नक्कली नोट फोटोकपी गर्दै गरेको अवस्थामा स्याङजाको चापाकोट नगरपालिका ५ घर भई काठमाडौं महानगरपालिका ३१ शान्तिनगर बस्ने ३८ वर्षीय नारायण पौडेललाई पक्राउ गरेकाे हाे।
प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीलेका अनुसार उनी शान्तिनगरस्थित नोगेन्द्र कान्छा चोकमा स्टेशनरी पसल सञ्चालन गर्दै आइरहेका थिए।
उनको साथबाट नक्कली नोट प्रिन्ट गर्ने एक थान प्रिन्टर, सक्कली एक हजारको नोट र फोटोकपी गरी तयार पारिएका १० थान एक हजारको नक्कली नोट बरामद भएको केसीले बताए।
पौडेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।