रुपन्देहीमा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन्।
सियारी गाउँपालिका–३ जगहता बस्ने ६ वर्षीया ज्योती चौधरी भैसाखादरस्थित मामाघरमा गएको र बाख्रा चराउन जाँदा तिनाउ खोलामा नुहाउने क्रममा शुक्रबार डुबेर बेपत्ता भएकी हुन्। उनको इलाका प्रहरी कार्यालयबाट खोजी कार्य भइरहेको छ।
यसैगरी बुटवल उपमहानगरपालिका ११ झोलुंगे पुलस्थित तिनाउ खोलामा दिउँसो पौडी खेल्ने क्रममा स्थानीय १९ वर्षीय हरी दर्जीलाई पानीले बगाउँदा बेपत्ता भएका हुन्।
उनको समेत खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ।