सिंहदरबार भित्रका कर्मचारीमा कोरोना परीक्षण सुरू (भिडियाे)

सिंहदरबारभित्रका कर्मचारीको कोरोनाभाइरस परीक्षणका लागि स्वाब संकलन सुरू भएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र कोरोनाभाइरसा संक्रमितको संख्या वृद्धि भएपछि सिंहदरबारभित्रका कर्मचारीको नमूना स्वाब संकलन गरी बुधबारदेखि पिसिआर परीक्षण सुरू गरिएको हो।

विभिन्न मन्त्रालयका कर्मचारी, सुरक्षाकर्मी, सवारी चालक र बाहिरी मान्छेको सम्पर्कमा रहने करिब सात सय कर्मचारीको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए।

काठमाडौं उपत्यकाभित्र मंगलबार ५३ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने बुधबार थप १५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-07-29 16:40:57

प्रतिकृया दिनुहोस्