निरन्तरको बर्षापछि कैलालीमा तीन सय बढी घर बस्ती डुबानमा

निरन्तरको बर्षापछि कैलालीमा करिब तीन सय घर बस्ती डुबानमा परेका छन्। 

अविरल वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढेरपछि जिल्लाका भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका बर्दगोरिया गाउँपालिका र टीकापुर नगरपालिकामा डुबानमा परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

No description available.

प्रहरीका अनुसार वर्षापछिको बाढीले भजनी नगरपालिकामा मात्रै १ सय २० भन्दा बढी घर डुबानमा परेका छन्। वडा नम्बर ५ जबलपुर गाउँका ६० बढी घर डुबानमा परेको छ।

यसैगरी भजनी नगरपालिका २ र ३ काे मोहनपुर, ढुसी र काँढा गाउँमा काँढा नदीको बाढी पसेर करिब ७० भन्दा बढी घर डुबानमा परेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

No description available.

यस्तै, जोशीपुर गाउँपालिका ३ स्थित फरिया गाउँमा काँढा नदीको बाढी पसेर ३५ घर र वडा नम्बर ४ स्थित झबही गाउँको खैरेनी टोलमा पथरैया नदीको बाढी पसेर सात घर डुबानमा परेका छन्। वडा नम्बर ५ बनकट्टामा २५ भन्दा बढी घर डुबानमा परेको छ।

जोखिम बढेपछि पीडितलाई सुरक्षित स्थानमा सारिएको उपरीक्षक प्रतीक विष्टले बताए।

No description available.

वर्षाका कारण कर्णाली, मोहना, पथरैया, काँढा, कान्द्रा, घुरहा, खुटिया, कटैनीलगायतका सबै नदी र खोलानालामा बाढी आएको छ। 

 

प्रकाशित मिति: : 2020-07-29 15:15:42

प्रतिकृया दिनुहोस्