कांग्रेस नेता पौडेल र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले भेट गरेकी छन्।

नेपाल र चीनबीचकोऔपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेट भएको पौडेलले बताएका छन्।

भेटमा बीपी कोइराला र माओत्से तुङका पालादेखिको नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धको विषयमा पनि चर्चा भएको पौडेलले बताएका छन्।

त्यस क्रममा चीन सरकारले कोरोना महामारी नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोरोना नियन्त्रणका लागि यथेष्ट सहयोग गर्नेबारे चर्चा भएको पनि पौडेलले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2020-07-28 15:55:21

प्रतिकृया दिनुहोस्