यो हो मुस्ताङ जाने सडक (तस्बिरहरू)

हिमालपारिको जिल्ला मुस्ताङ जाने सडक  बाढीपहिराका कारण ठाउँठाउँमा भत्किएको छ। करीब २० दिनअघि ठाउँठाउँमा सडक अवरूद्ध हुने गरी गएको पहिरो र त्यसयताका विभिन्न खण्डमा बाटो बिग्रने भत्कने क्रम बढेपछि म्याग्दी–जोमसोम क्षेत्रको सडक यातायात पूर्णरुपमा ठप्प छ ।

सडकका कारण आवतजावत रोकिएको छ। बाढीपहिरोका कारण म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्मको सडक ठाउँठाउँमा अवरुद्ध भएको कालीगण्डकी करिडोर  (बेनी–जोमसोम–कोरोला सडक खण्ड) का आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिए। उनका अनुसार अवरुद्ध सडक मर्मतलाई तीव्रताका साथ बढाउँदा पनि करिब एक महिना अवधि लाग्ने देखिएको छ ।

हेर्नुहोस् मुस्ताङका पत्रकार निरज थकालीले खिचेका केही तस्बिरहरू

प्रकाशित मिति: : 2020-07-28 14:39:03

प्रतिकृया दिनुहोस्