पार्टी बिग्रह रोक्न बामदेवको प्रस्ताव: महाधिवेशनसम्म ओली नै अध्यक्ष, पाँचै वर्ष प्रधानमन्त्री

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष बामदेव गौतमले अध्यक्षद्वयलाई ६ बुँदै प्रस्ताव गरेका छन्। पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै दुबै अध्यक्ष समक्ष उनले ६ बुँदे प्रस्ताव राखेका हुन्।  

प्रस्तावमा केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधि सभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्री रहने, पुष्प कमल दाहाल सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष रहने उल्लेख छ। 

त्यस्तै, पार्टी एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, पार्टीका कामममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तरराष्ट्रि महत्वका विषयमा निर्णय गर्दा पार्टीको सचिवालयमा परामर्श गर्ने प्रस्ताव गरेका छन्। उनले मन्त्रिमण्डल पुनर्गठन गर्न समेत प्रस्ताव गरेका छन्। 

प्रकाशित मिति: : 2020-07-28 12:17:59

प्रतिकृया दिनुहोस्