ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारमा कोरोना संक्रमण पुष्टि भएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार रोबर्ट ओब्रायनमा कोरोना संक्रमण पुष्टि भएको हो। 

व्हाइट हाउसका विशिष्ट श्रेणीका अधिकारीमा कोरोना संक्रमण पुष्टि हुने उनी पहिलो व्यक्ति हुन्।

युद्धपिपासु जोन बोल्टनलाई बर्खास्त गरिएपछि खाली रहेको पदमा ओब्रायन आएका हुन्। 

परराष्ट्र मन्त्रालयमा कार्यरत ओब्रायन त्यति परिचित व्यक्तित्व हैनन्। गत जुलाई महिनामा उनले ट्रम्पको अनुरोधमा अमेरिकी र्‍याप गायक एसाप रकीलाई स्विडेनको जेलबाट छुटाउनका लागि सम्झौता गरेका थिए। 

प्रकाशित मिति: : 2020-07-28 06:17:39

प्रतिकृया दिनुहोस्