सत्याग्रह बसेका ‘इनफ इज इनफ’ समूहका युवाहरुलाई भेट्न पुगे कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्याग्रह बसेका ‘इनफ इज इनफ’ समूहका युवाहरुलाई भेट गरेका छन्। 

साेमबार वसन्तपुरमा पुगेर शर्माले युवाहरुलाई भेटगरी कोभिड नियन्त्रणका लागि गरिएको सत्याग्रहमा कांग्रेसको ऐक्यद्धता रहेको बताएका छन्। 

कोभिड संक्रमण सुरु भएदेखि नै नेपाली कांग्रेसले आरडिटीलाई खारेज गरी पीसीआर प्रविधिबाट परीक्षण सुरु गर्न सुझाव दिइएको तर सरकारले बेवास्ता गरेको उनतले बताए। 

इनफ इज इनफ समूहका युवाहरु १० दिन देखि कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आरडिटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षण गर्न माग गर्दै खाना पानी नखाई सत्याग्रह बसेका छन्। 

प्रकाशित मिति: : 2020-07-27 15:54:32

प्रतिकृया दिनुहोस्