सरिता गिरीको ठाउँमा सांसद बनिन् सिटौला

निर्वाचन आयोगले लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ। 

समाजवादी पार्टीले सरिता गिरीको ठाउँमा समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो।

नयाँ नक्सा संशोधनको पक्षमा पार्टीले मतदान गर्न दिएको निर्देशनको अवज्ञा गरेको भन्दै गिरीलाई पार्टीले कारबाही गरेको थियो । गिरीले आफूमाथि गरिएको कारबाही असंवैधानिक भन्दै सांसद पद खारेज नगर्न माग गर्दै सर्वोच्चमा अन्तरिम आदेश माग गरेकी थिइन् । आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

सिटौलाले सांसदको रुपमा छिट्टै प्रतिनिधिसभाको सभामुखबाट शपथ ग्रहण गर्ने समय मिलाउने संसद सचिवालयबाट जानकारी आएको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2020-07-27 14:26:36

प्रतिकृया दिनुहोस्