प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत एक हवल्दार सहित तीन जवानमा कोरोना देखिएको हो।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरीको आफ्नै अस्पतालमा भएको परीक्षणमा कोरोना देखिएपछि थप पुष्टिको लागि टेकु पठाइएको बिएल नेपाली सेवालाई जानकारी दिए।
उनका अनुसार केही दिनअघि सञ्चार र सवारी शाखामा कार्यरत चार जनालाई ज्वरो आएपछि पिसिआर परीक्षण गरिएको थियो। तर प्रहरी प्रधान कार्यालयले भने औपचरीक रूपमा कोरोना देखिएको पुष्टि भएको जानकारी दिएको छैन।
‘हाम्रोमा चार जनालाई नै कोरोना देखिएको हो कि भनेर पीसीआर परीक्षणको लागि पठाइएको हो। तर औपचरिक जानकारी स्वास्थ्य मन्त्रालयले नै देन्छ,’ प्रवक्ता डिआइजी शाहीले भने।
कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका अन्य १२ जना भन्दा बढी प्रहरीको कोरोना परीक्षणको लागि स्वाब लिइसकेको छ।
अहिलेसम्म देशभर १ सय १५ जना प्रहरी कोरोनाबाट सङ्क्रमित भइसकेका छन्।