महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका ३ घर भई हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रशान्त सिंह ठकुरीलाई पक्राउ गरेको हो । पक्राउ परेका युवक स्नातक अध्यानरत विद्यार्थी हुन्।
सिंहले अनलाइनमा बिक्री गर्न राखेको मोबाइल खरिद गर्दा १ हजार दरको १९ वटा नक्कली नोट दिएका थिए। ले जानकारी दिए।
‘मोबाइल किन्दा उनले २० हजार ५ सय रुपैयाँ दिएका थिए। जसमा १९ हजार रुपैयाँ नक्कली रहेछ,’एसएसपी श्याम ज्ञवालीले भने।
यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।