अविरल वर्षाका कारण नुवकाकाेटमा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ ।
बेलकोटगढी नगरपालिका ८ हर्रेमा बिहीबार राति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए ।
उनका अनुसार ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाको कारण भत्किएको र घरमा सुतिरहेका तामाङको मृत्यु भएको हो ।