गण्डकीमा थप १० जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा शुक्रबार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कास्की, लमजुङ, बागलुङ र तनहुँका गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका ३ जना पुरुष र अन्नपूर्ण गाउँपालिका एक महिला र एक पुरुष रहेका छन्।

लमजुङको कोल्हसोथारर, बेशीसहर र मध्यनेपालका एक/एकजना पुरुष रहेका छन् भने तनहुँको शुक्लागण्डकी र बागलुङको तमानखोलाका एक/एक पुरुष रहेका छन्। 

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १३६० पुगेको छ।

प्रकाशित मिति: : 2020-07-24 13:28:48

प्रतिकृया दिनुहोस्