काठमाडौंमा दिनदहाडै सुनको सिक्री लुटपाट गर्ने गिराेहलाई प्रहरीले पक्राउ गरेकाे छ।
बसन्तपुर बस्ने २९ बर्षिया महिलाको सुनको सिक्री लुटपाटमा संलग्न अकेश नकर्मी र विक्की मगरलाई महानगरीय प्रहरी वृत जनसेवाबाट खटेको टोलीले पक्राउ गरेको हो।
उनीहरुले लुटेको सिक्री अकेशको श्रीमती नेहा शर्मा नकर्मीले डल्लुमा रहेको माँ हारतीशरण सुनचाँदी पसलमा बेचेको प्रहरी अनुसन्धानबाट खुल्नमा आउकाे छ।
महिलाले गलामा लगाएको ८ दशमलव ६४ ग्रामको सिक्री बेच्ने नेहा र सिक्री किन्ने सुन पसल सञ्चालक अशोक शाक्यसमेत चारै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।