यातायात व्यवस्था विभागमा बेथिति– २

यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती

उमेश थापा

काठमाडौं

काठमाडाैँकाे चाबहिलस्थित यातायात व्यवस्था कार्यालय सारेर गौरीघाट पुर्‍याइएकाे छ। मानिसहरु चाबहिलमा यातायात कार्यालय छ भनेर जाँदा दु:ख खोप्नु परेको छ।

चाबहिल यातायात कार्यालयमा मानिसहरुले दिनहुँ लाइनमा बस्नुपर्ने बाध्यता छ। समयमा काम नहुने र आफ्नाे मान्छे छिराएर मात्र काम गर्ने ठाउँ हो, चाबहिल यातायात व्यवस्था कार्यालय।

लाइनमा बसेर कर तिरेर लाइसन्स लिन्छु भन्दा दुई/चार दिन नै लाग्छ। अझै यातायात व्यवस्था विभागले समयमा स्मार्ट कार्ड प्रिन्ट गरेर नपठाउँदा सेवाग्राहीहरुले निकै सास्तीमा भोग्नु परेको छ।

यातायात व्यवस्था विभागले स्मार्ट कार्ड प्रिन्ट गर्ने मेसिन खरिद गर्ने प्रक्रिया अगाडि बढाए पनि ल्याउन सकेको छैन। यातायात व्यवस्था विभागमा एउटा मात्र स्मार्ट कार्ड प्रिन्ट गर्ने मेसिन छ।

एउटा मात्र मेसिनले कति प्रिन्ट गर्छ ? देशैभरि एकैदिन हजारौँ मानिसहरुले ट्रयाल दिन्छन र हजारौं मानिसहरु ट्रयाल पास हुन्छन्। यसलाई मध्यनजर गरी अब भाैतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यस समस्याको समाधानमा जोड दिनुपर्छ।

ट्रयाल पास त हुन्छन् मानिसहरु तर रातो कागज मात्र पाउँछन। वर्ष दिनभित्र पनि पाउँदैनन् स्मार्ट लाइसेन्स। आफ्नाे मान्छे हुनेले यातायात व्यवस्था विभागबाटै निकाल्छन्। नहुनेहरुले एक वर्षभन्दा माथि कुर्नुपर्ने स्थिति छ।

चाबहिलमा ट्रयाल फेल भएर फेरि रि–ट्रयाल दिन राजश्व तिर्न बसेका सुरज चन्द भन्छन्,‘लाइनमा बस्दा पालो नै आउँदैन। भित्र–भित्र काम हुन्छन्। यहाँ भएका पसलेहरुले हामीसँग बार्गेनिङ गर्छन्। पैसा दिए छिटो काम नत्र भए कहिले हुन्छ थाहा हुन्न भन्छन्। के हो मैले त कुरा नै नबुझेर लाइनमा बसेको हो।’

चाबहिलबाट गौरीघाट कार्यालय सर्नुको कारण के हो ? अहिले सरेको कार्यालय मलमा सरेको छ। त्यो कुनै सरकारी भवन होइन। महँगाे भाडा तिर्न किन चाबहिल यातायात कार्यालय त्यहाँ सरेको हो।

चाबहिल यातायात कार्यालय परिसरभित्र भएका प्राय: पसलेहरु सेटिङका काम गर्छन्। उनीहरुलाई त्यहाँ पसल सेटिङको काम गर्न दिएको हो र। मानिसले फर्म भरेको पाँच सय रुपैयाँ तिर्छन्। यो महँगाे भएन र सरकार ?

फर्म भर्दा त त्यो पसलले पो पैसा कमाउँछ त राज्यलाई राजश्व त आउँदैन। त्यही भएर यस्तो ठगी धन्दा बन्द गर्नुपर्छ। सरकारले जनताहरुलाई ठग्नबाट जोगाउनपर्छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरी के गर्दैछ ? गृहमन्त्री रवि लामिछाने यस्तो ठाँउहरुमा भइरहेको भ्रष्टचार रोक्नुपर्छ। नेपाल प्रहरीहरु कसैको दबाबमा नबसेर सेटिङमा काम गर्ने सबैलाई कानुनी कठघरामा खडा गर्न सक्नुपर्छ।

नेपाल प्रहरीहरु पनि यातायात कार्यालयमा आफ्नाे मान्छेको काम पर्दा ड्रेसमा जान्छन् र काम गर्दिछन। यसले गर्दा आमसर्वसाधारणहरुमा नकारत्मक प्रभाव पर्छ।

चाबहिल यातायात व्यवस्था विभागका सूचना अधिकारीसँग संवाद गर्न उनकै कार्यालय पुग्दा उनी भक्तपुरमा ट्रयाल गराउन गएकाे जानकारी प्राप्त भयाे। जनताले पाइरहेका दुःख, लाइनको व्यवस्थापन कहिले हुन्छ ? यातायात कार्यालयमा भएको बिचौलियाहरुको अन्त्य कहिले हुन्छ भनेर सोध्न खोज्दा उनको फाेन अफ (बन्द) थियाे।

चाबहिल यातायात व्यवस्था विभागका कार्यालय प्रमुख विष्णु भट्टराईसँग बुझ्न जाँदा उनी पनि बिदामा रहेछन्। उनी बिदामा बसेकाे हप्तादिन भइसकेको रहेछ। उनको घरमा बर्खान्त छ भनेर कार्यालयका एक जना कर्मचारीले बिएल नेपाली सेवालाई बताए।

चाबहिल कार्यालयमा खट्ने सुरक्षाकर्मी मनोजले सेटिङको काम गरेर राम्रो आम्दानी गरिरहेको एक जना फोटोकपी तथा प्रिन्ट गर्ने सञ्चालकले बताए। उनले यहाँको सुरक्षाकर्मीकाे काम गर्नुभन्दा पनि सेटिङको काम गर्न माहिर भएकाे बताए। राजश्व तिर्न, ट्रयाल पास गर्ने, आँखा जाँचमा पास गर्नेजस्ता काम गर्छन् भनेर एक जना पसल सञ्चालकले बताए।

ट्रयालस्थलभित्र खटिने एक अधिृकतको कमाइ धन्दा नै रहेछ ट्रयाल पास। गाडीको ट्रयाल दिनेसँग ११ हजार पैसा लिने र आठ (8) चिन्ह कटाउनुपर्छ अरु सबै मै हेरछु भन्ने। भित्र सेटिङमा काम हुँदा ती अधिकृतले अलिअलि सिकाउँछन् पनि। एकजना सेटिङमा ट्रयाल पास भएका व्यक्तिले जनाए।

चाबहिलको ट्रयाल दिने ठाँउ दक्षिणढोका बाहिर भेटिन्छन्, अत्याधिक बिचैलियाहरु। बिचौलियाहरुको मुखमा हुन्छ, ट्रयाल पास गर्ने रेट। भन्छन्,‘हामीले पनि हाकिमलाई बुझाउनुपर्छ नत्र कसरी काम हुन्छ त।’

यसरी बिचौलियहरु बाहिर बस्दा सोझा र सिधा जनताहरुको काम गर्न निकै असहज हुन्छ। यस्तो ठाँउहरुमा याातयात मन्त्रालय, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुगमन खाेइ ? यातायात व्यवस्था विभाग, यातायात मन्त्रालय, नेपाल प्रहरी  अख्तियार दुरुपयोग अनुसन्धान के आँखा चिम्लेर सुतेको हो ?

बिचौलियाहरुको पैसा कमाउने ठाँउ नै बनेको छ, चाबहिल यातायात कार्यालय। बिचौलियाहरुको अन्त्य गर्न नसक्नुको कारण के हो ?

यातायात कार्यालयमा प्रमुखहरुको फेरबदल भइरहन्छ तर सुधार भने कहिले न हुने भयो। प्रमुखहरु सुधार गर्न चाँदैनन् कि आफैँ कमाउने दाउमा फस्छन्।

प्रकाशित मिति: : 2023-01-02 15:00:00

प्रतिकृया दिनुहोस्