सरकारलाई धिक्कार्दै उदयपुरमा एमालेबाट निर्वाचित उपमेयरद्वारा राजीनामा !

बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। 

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीले यसबारे जानकारी गराएकी हुन्।  फेसबुकमा उनले लेखेकी छन् ‘म उपमेयर पद पार्टीलाई हस्तान्तरण  गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। कालो कर्तुतहरुको विषयमा कार्यान्वयन नभएको र दुई तिहाइको सरकार धिक्कारेको छु।’

कर्मचारीको विषयमा विवाद भएकाले उपमेयर चौधरीको उत्तेजनात्मक प्रतिक्रिया आएको स्थानीयले बताएका छन्। चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति: : 2020-07-22 23:02:30

प्रतिकृया दिनुहोस्