विपद्मा परी २५ को मृत्यु, २३ जना घाइते

विभिन्न प्राकृतिक विपद्मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ।

यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपद्मा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार/चार जना तथा कालीकोट र सुर्खेतमा दुई/दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकरी दिए। 

 हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ। प्राकृतिक विपद्का कारण यस अवधिमा करिब रु छ करोड ६५ लाख ५३ हजार ७९० भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: : 2020-07-22 19:29:24

प्रतिकृया दिनुहोस्