'समृद्ध नेपाल र सुखी नेपालीका लागि नेताहरु मिलेर अघि बढनुपर्छ'

गण्डकी प्रदेशमा नेकपाका मुख्य सचेतक मायानाथ अधिकारीले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर अघि बढनुपर्ने बताएका छन्। 

४२ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा लमजुङद्वारा आज बेँसीशहरमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्तीमा आगामी महाधिवेशनसम्म दुई अध्यक्ष मिलेर अघि बढनुपर्ने बताएका हुन्। 

देशले बलियो र स्थायी सरकार खोजेको अवस्थामा अनावश्यक विवाद गरेर अल्झन नहुने बताउँदै उनले भने, 'राजनीति सही बाटोमा जाँदा धेरै परिवर्तन भएकाले समृद्ध नेपाल र सुखी नेपालीका लागि नेताहरु मिलेर अघि बढनुपर्छ र जनआकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिनुपर्छ।' 

पार्टी एकतालाई जोगाउने हो भने पक्ष–विपक्षमा भन्दा सरकार र पार्टीलाई बलियो बनाउने अभियानमा लाग्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: : 2020-07-22 19:16:26

प्रतिकृया दिनुहोस्