राष्ट्रपति भण्डारीको आग्रह- स्वास्थ्यसम्बन्धी नियमको पालना गरौं 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन्। 

आज ट्वीट गर्दै उनले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन्। 'जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ। तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन' उनले ट्वीटमा भनेकी छन्।

सरकारले गत चैत ११ गतेदेखि जारी राखेको बन्दाबन्दी गएराति १२ बजेदेखि हटाएको छ।

प्रकाशित मिति: : 2020-07-22 17:55:11

प्रतिकृया दिनुहोस्