बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन्। 

भक्तपुर नगरपालिका ५ घर भई हाल सूर्यबिनायक नगरपालिका ५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई सोमबार प्रहरीले पक्राउ गरेको हाे।

जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र ६ लाख ९६ हजार १ सय रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

प्रधानाङ्गलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतभक्तपुरमा पेश गरेकोमा केन्द्रीय कारागारजगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको उक्त परिसरले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-21 16:03:21

प्रतिकृया दिनुहोस्