अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अबरोध तथा विभिन्न धनमाल क्षति भएको छ।
काठमाडौं महानगरपालिका-१२टेकुस्थित बागमती नदीमासोमवार दिउँसो पानीको बहाव बढेर किनारामा रहेको सुकुम्बासी बस्तीमा पानी पसेको छ।
उक्त स्थानमा महानगरीय प्रहरी वृत्तकालिमाटीबाटबाट खटिएको प्रहरीलेस्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र नेपाली सेना समेतसँग समन्वय गरी सो स्थानमा बसोवास गर्नेकरिब ४ सय ५० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेको छ।
बारा,कोल्हबीनगरपालिका-९ पडरीस्थित सिम्रौनगढ तामागढी सडकको भित्री बाटो निर्माणाधिनपक्की पुलको छेउमा ३ वटा ह्यूम पाईप राखी डाईभर्सन बाटो बनाएकोमाबर्षाको कारणमाटो बगाई सोमवार साँझबाट सडक अवरोध भएको छ।
यसैगरी बारापचरौतानगरपालिका-७ बेनैली बस्ने रामयाद बिन तथा पचरौता नगरपालिका-१बस्ने रामजि ठाकुर, झगरु महतो र जगु माझि मुसहर समेतको घर अविरल बर्षाको कारण भत्किँदातीनै जनाको गरी करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
यसैगरी, बारा सुवर्ण गाउँपालिका-२ मा अबिरल बर्षाको कारण सोही गाउँपालिका-२ न्यकाटोला, सोही गाउँपालिका-५ औरैया टोल र सोही गाउँपालिका-७ बडकिफुलवरिया बस्ने १८ जनाकोकच्ची घर सोमबार दिउँसो भत्किँदा आंशिकक्षति भएकोछ।
नुवाकोट,किस्पाङगाउँपालिका-५ सिम्लेस्थित त्रिशुली नदीको बहाव बढेर सोमबार राति माथिल्लो त्रिशुली थ्रिएहाइड्रोपावरको कामदार बस्ने ४ वटा टहराबगाई क्षति भएको छ।
सप्तरी,तिलाठीकोईलाडीगाउँपालिका-१ स्थित रहेको खाडोखोलामा सोमबार दिउँसो पानीको बहाव बढी सोही ठाउँस्थित रहेको बेलहीगाँउमा पानी पसी७ घर डुवानमा परेका छन्।
मुस्ताङ,अविरलबर्षाको कारण गाडु खोलामा सोमवार साँझ आएको बाढीले थासाङ गाउँपालिका-४ घाँसा बस्नेरामलाल बिक रराजन गौचनको गोठ बगाएको छ। पहिरोका कारण जोखिममा रहेका सोही ठाउँ बस्ने १९ घर परिवार तथा सोही गाउँपालिका-२ कोबाङ र खन्तिका १२ घर परिवारलाई समेत सुरक्षित स्थानमा राखिएको छ। यसैगरीथासाङगाउँपालिका-४ स्थित बेनी जोमसोम सडकखण्डमा छाकताङ खोलाको निर्माणाधिन पुल सोमबार साँझ आएको बाढीले बगाएको छ।
रौतहट,गरुडानगरपालिका-५ शिवनगरस्थितमा झाजखोलामा सोमबार साँझ आएको बाढीलेसोही ठाउँमारहेका २३ वटा घरमा पानी पसी डुबानमापरेका छन्।
पीडितहरुलाई आफन्त तथाछरछिमेकीको घरमा सुरक्षित राखिएको छ।यसैगरी परोहानगरपालिका- ४ पोखरीया टोल बस्ने जोगिन्द्र ठाकुरको खपडाले छाएको घर सोमवार राति आएकोअविरल वर्षाको कारण भत्किएर आंशिक क्षति भएको छ।
चितवन,ईच्छाकामना गाउँपालिका-५ पानी धारा बस्ने बिष्णु प्रसाद श्रेष्ठको दुई तले पक्कीघर र कुमार श्रेष्ठको दुई तले पक्की घर सोमबार साँझ त्रिशुली नदीले बगाउँदा क्षति भएको छ। साथै सोही ठाउँ बस्ने दिल कुमार श्रेष्ठ, रमेश कार्की, राजु भण्डारी, मानबहादुर बिक र कुमार बिकको घर समेत जोखिममा रहेका छन्।
त्यसैगरी चितवनभरतपुर महानगरपालिका-२६ भगडीस्थितमा सोमबार साँझ नारायणी नदीको पानी बस्तीमा पस्दा करिब३०वटा घर जोखिममा रहेका छन्। पीडितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ।
त्यसैगरी चितवनभरतपुरमहानगरपालिका-१६ झन्झनेस्थित नारायणी नदीमा आएको बाढिका कारण नदी छेउछाउमा रहेका करिब १० वटा घरसोमबार दिउँसो डुवानमा परेका छन्।
बाढिका कारण सोही महानगरपालिका-३ स्थित हाम्रो घर संस्था (सडक बालबालिका पुनस्थापना केन्द्र)समेत जोखिममा रहेको छ। उक्त केन्द्रमा रहेका३० जना बालबालिकाहरु सुरक्षित स्थानतर्फसार्ने कार्य भइरहेको छ।
नवलपरासी(वर्दघाट सुस्ता पुर्व), बिनयी त्रिबेणी गाउँपालिका-४ स्थित भित्री सडकखण्डमा लु.२च ६१७१ नम्बरको पिकअप गाडीलाई सोमबार साँझ सोही स्थानमा रहेको खहरे खोलामा आएको बाढीले बगाएको छ।
यसैगरी, नवलपरासी(वर्दघाट सुस्ता पुर्व)सोमबार बिहानदेखि परेको अविरलवर्षाका कारण गैंडाकोट नगरपालिका-२ स्थितनारायणी नदीको बहाब बढ्न गई बोटे टोलमारहेको करिब ४५ वटा घरहरुमा पूर्णरुपमापानी पसेको छ।
सोही ठाउँ बस्ने १ सय १० जना पीडित परिवारहरूलाईस्थानीयसँगको सहकार्यमा सोही ठाउँस्थित अक्सफोर्ड कलेज र हाउस अफ गड चर्चमासारिएको छ।
महोत्तरी,गौशाला नगरपालिका-१२ कान्तिबजार बस्ने ६० वर्षीया सुकमाया योन्जनकोघर सोमवार राति आएको अविरल वर्षाको कारण भत्किँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
भक्तपुर, भक्तपुरनगरपालिका-१ सल्लाघारीस्थित हनुमन्ते खोलामा सोमबार साँझ आएको बाढीका कारणकरिब ३ सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरुपमा नष्ट भएको छ।
पर्वत, कुश्मानगरपालिका-२ नयाँपुलस्थित पोखरा-बागलुङ सडक खण्डमा सोमबार राति आएको पहिरोका कारणसडक पूर्ण रूपमा अवरोध भएको छ।
सबै स्थानहरुमा तत्काल खटिएका स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ।