वीपीको समाजवाद विचार अहिले झनै सान्दर्भिक : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार अहिले झनै सान्दर्भिक भएको बताएका छन् ।

 नेपाली कांग्रेसका संस्थापक नेता वीपीकाे पुण्यतिथिका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको कार्यक्रममा उनले ‘नेपालले आज हिँड्ने मूल बाटो वीपीकै विचार र विश्वासको बाटो हाे । उहाँको बाटो ईमान्दार ढंगले पछ्याएर मात्रै हामी सबैको सम्मान र समृद्धिको लक्ष्य हासिल गर्न सक्दछौं।’

राष्ट्रमाथि संकट आउँदा वीपी आफ्नो जीवन जोखिममा राखेर ०३३ सालमा स्वदेश फर्किएको भन्दै देउवाले अहिले राष्ट्रियताको प्रश्नमा मुलुकमा विशेष छलफल भइरहेका बेला वीपीको विचार र विश्लेषणकै माध्यमबाट राष्ट्रिय एकता र मेलमिलापको भावना साथ समाधान पहिल्याउनुपर्ने बताए ।

प्रकाशित मिति: : 2020-07-21 13:27:05

प्रतिकृया दिनुहोस्