चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ पोखरी अविरल वर्षका कारण भरिने अवस्था रहकाेले उक्त क्षेत्रमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सर्न नेपाल सरकारले आग्रह गरेको छ।
सिन्धुपाल्चोक जिल्ला प्रशासनले विज्ञप्ति जारी गर्दै पोखरी फुटे भोटेकोशी नदीको बहाव बढ्ने गई उक्त क्षेत्रमा जनधनको क्षति हुने भएकाले सुरक्षित स्थानमा सर्न स्थानीय निकाय तथा सरोकारवालाई आग्रह गरेको हो।
एक चिनियाँ उच्च प्रहरी अधिकारीकाअनुसार न्यालम,खासा क्षेत्रमा भइरहेको अविरल वर्षात कम हुँदै गएकाे छ। तर, सिमसिमे झरी अझै रोकिएको छैन। न्यालममाथि रहेको ‘केरुङ च्छो’ लेकाली ताल प्रत्येक बर्खाभन्दा केही अस्वभाविक थोरै सतह मात्रै बढेको हो। तर फुटिहाल्ने संभावना भने हालै नभएको उनले बताए।
उक्त पोखरी फुट्न गएमा भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका लगायत स्थानीय तहहरुका बजार तथा मानव बस्तीहरुलाई बगाउने छ। यसका साथै ठूलो क्षति पुर्याउन सक्ने सम्भावना रहेकाले उक्त क्षेत्रमा बस्ने सर्वसाधारण व्यक्तिहरु, स्थानीय तहहरु लगायत सम्पूर्ण सरोकारवाला व्यक्ति, संघसंस्थाहरुलाई सतर्कता अपनाउन तथा पूर्व तयारीका लागि अपिल गरिएको छ।
यता भोटेकोशी किनारका बस्तीहरुलाई तत्काल उक्त क्षेत्र छोडी सुरक्षित ठाउँमा जाने व्यवस्था मिलाउन जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले आग्रह गरेको छ।
यस्ता सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी हरि थापाकाले चिनियाँ प्रहरी र अधिकारी निरन्तर सम्पर्कमा रहेकाे बताए। ‘हामी चिनियाँ अधिकारीहरुसँग सम्पर्कमा छौं,’ उनले भने, तर केही वर्षात थामिँदै आएको डराइ हाल्नुपर्ने स्थिति भने हाललाई नभएको बताउनु भएको छ।’
चीन अधिकारीले खासा र नेपालतर्फ सीमाक्षेत्र तातोपानीस्थित बोर्डरका सुरक्षाकर्मी र स्थानियलाई सुरक्षित स्थानमा लगेको उनले जानकारी दिए। उनका अनुसार भोटेकोसी वर्षातकाे समयमा उर्लने भएका कारण त्रसित स्थानिय भने महिनादिन अघिबाट नदिभन्दा दुईसय मिटरमाथि गएर बस्दै आएका छन्।
यसअघि २०७३ असार २१ मा चीनको खासा र कुतिबीच रहेको छेपसाङमा अविरल वर्षातका कारण पहिरोले कोसी थुनिएर आएको बाढीले सीमाक्षेत्र कटानमा पारेको थियो। सडक,भवनदेखि सिमावर्ति भेगको करोडौं संरचना तहसनहस बनाएको थियो।