गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सब-इञ्जिनीयर घुससहित अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले ललितपुरको गोदावरी नगरपालिकामा छापा मारी दुई कर्मचारीलाई  नियन्त्रणमा लिएको छ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानलाई सेवाग्राहीसँग घुस रकम लिँदालिँदै नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

नियन्त्रणमा लिइएका कर्मचारीको साथबाट एक लाख ५० हजार घुस रकम बरामद गरेको प्रवक्ता अधिकारीले बताए।

नगरपालिकालाई अहिले अख्तियारले नियन्त्रणमा लिएर शील गरेको र बाँकी अनुसन्धान भईरहेको प्रवक्ता अधिकारीले बताए।

प्रकाशित मिति: : 2020-07-20 14:25:58

प्रतिकृया दिनुहोस्