निरन्तरको वर्षाले नारायण नदीमा बाढी उर्लिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनृुरोध गरेको छ।
नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जल सतहले ‘खतरा’ तह पार गरेकाले नारायणीको तटीय क्षेत्रमा पर्ने नवलपरासी र चितवनका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा सर्न भन्दै बाढी पूर्वानुमान महाशाखाले ‘हाई अलर्ट’ जारी गरेकाे छ।
श्रावण ५,दिउँसो १२ः१०बजे#अलर्ट #SMS #NTC #NCELL
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 20, 2020
हाल नारायणी नदी देबघाट बाढीमापन केन्द्रमा जलसतहले #खतरा पार गरेको र बढ्दो रहेकाले #चितवन र #नवलपरासीको नारायणीको
तटिय क्षेत्रमा हुनेहरू बेलुका सम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला/जानुहोला@NDRRMA_Nepal @NEOCOfficial pic.twitter.com/O85Sbq6Lg1