नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
साेमबार बिहान वर्षासँगै ठूलो पहिरो खसेको र दुई वटा बिजुलीका पोलसहित ढलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार ठूलो पहिरो गएको र खस्ने क्रम पनि चलिरहेकाले पन्छाउन समय लाग्ने भएको छ।
इच्छाकामना ६ मा पर्ने चारकिलोमा पटक पटक पहिरो खस्ने गरेको छ। पहिरो खसेपछि बिहान ५ बजेदेखि सडक अवरुद्ध छ।
सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडकखण्ड पनि हो।
सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भएपनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ।