पछिल्लाे १३ दिनमा बेइजिङमा थपिएनन् नयाँ संक्रमित, देशभरी १६ जनामा मात्र संक्रमण पुष्टि

चीनको राजधानी बेइजिङमा कोरोना भाइरसबाट संक्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन्। 

स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार पछिल्लो १३ दिनमा कुनै पनि संक्रमित थपिएको छैन। 

तर शनिबार १३ जना संक्रमितहरुहरु भने संक्रमणमुक्त भएका छन्।

यसैबीच चीनमा देशभरी पछिल्लो २४ घण्टामा १६ जना मात्र संक्रमित भेटिएका छन्। तीमध्ये १३ जना आन्तरिकरूपमा संक्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका  हुन्। 

विश्वमा कोरोना भाइरसको संक्रमण २ सय १३ देशमा पुगेको छ। यसमा १ करोड ४४ लाख १४ हजार २ सय ४९ जना संक्रमित भएका छन्।

जसमा मर्नेको संख्या ६ लाख नाघेको छ। आइतबार बिहानसम्म विश्वव्यापी रूपमा मर्नेको संख्या ६ लाख ४ हजार १ सय ५१ पुगेको छ। 

कोरोनाका कारण अमेरिकामा मात्र १ लाख ४२ हजार ८ सय ७० जनाको निधन भइसकेको छ। यहाँ संक्रमितको संख्या ३८  लाख ३३ हजार १ सय ९२ पुगेको छ। दोस्रो स्थानमा रहेको ब्राजिलमा मर्नेको संख्या ७८ हजार ७ सय ३५ पुगेको छ भने संक्रमित २० लाख ७५ हजार १ सय २४ छन्। 

संक्रमितको हिसाबले भारत विश्वको सबैभन्दा बढी कोरोना प्रभावित देश हो। यहाँ १० लाख ७७ हजार ८ सय ६४ मानिस संक्रमित भएका छन्। जसमा २६ हजार ८ सय २८ जनाको निधन भइसकेको छ। 
 

प्रकाशित मिति: : 2020-07-19 13:40:21

प्रतिकृया दिनुहोस्