आचारसंहिता उल्लङ्घनसम्बन्धी ७३ वटा उजुरी

पछिल्लो समयमा सञ्चारमाध्यममा सम्प्रेषित समाचारको विषयलाई लिएर उजुरी पर्ने क्रम बढ्दै गएको छ। लकडाउनको अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी ७३ वटा उजुरी परेका छन्।

ती उजुरी व्यक्तिगत वा संस्थागत रुपमा चरित्र, मानसम्मान, मर्यादा, इज्जत, सार्वजनिक सरोकार, ठगी आदि विषयसँग सम्बन्धित छन्। आर्थिक वर्ष २०७६/७७ मा छापा र विद्युतीय गरी २६५ पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन्। 

छापामाध्यमविरुद्ध परेका ३५ उजुरीमध्ये १३ उजुरी फस््र्यौट भएका छन्। काउन्सिलले गरेको स्वअनुगमनबाट १६३ समाचार आचारसंहिता उल्लङ्घनका छन्। ती सबै फस््र्यौट भएका छन्। त्यसैगरी जनगुनासोमध्ये तीनवटा उजुरी पनि फस््र्यौट भएका छन्। 

लकडाउनमा २०७६ चैत ११ देखि २०७७ असार ३१ को अवधिमा छापा माध्यमविरुद्ध परेका १३ उजुरीमध्ये १० फस््र्यौट भएको छ। लकडाउनकै बेला गरिएको स्वअनुगमन ३९ समाचार सामग्री भेटिएकामा सबै फस््र्यौट गरिएको काउन्सिलले जनाएको छ। 

त्यसैगरी विद्युतीय माध्यमविरुद्ध यो वर्ष  १५७ वटा उजुरी परेका छन्। तीमध्ये १२३ फस््र्यौट भएको छ। स्वअनुगमनबाट ५५४ आचारसंहिता उल्लङ्घनका समाचार सामग्री भेटिएको छ। तीमध्ये ५५१ वटाको फस््र्यौट भएको छ। नौ वटा जनगुनासोमध्ये छ फस््र्यौट भएको जनाइएको छ। 

लकडाउन शुरु भएको दिनदेखि असार ३१ सम्म विद्युतीय सञ्चारमाध्यमविरुद्ध ६० उजुरी परेका छन्। स्वअनुगमन गर्दा १३ आचारसंहिताविपरीतका समाचार सामग्री पाइएको छ। तीमध्ये ६१ फस््र्यौट भएका छन्। तीन विद्युतीय सञ्चारमाध्यमलाई यो वर्ष कालोसूचीमा राखिएको छ। यस्तै १०१ वेबसाइटलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारवाही गरिएको छ। 

हालसम्म काउन्सिलमा दुई हजार १३० सूचीकृत भएका छन्। त्यसैगरी विभिन्न अनलाइन सञ्चारमाध्यमबाट प्रवाह भएका २३ लाख ८७ हजार ५३९ सामग्री अभिलेख गरिएको छ। 

विभिन्न पत्रपत्रिकाका ३५ लाख पृष्ठ स्क्यान भएको छ। विभिन्न एफएम रेडियोबाट प्रसारित ३९ लाख पाँच हजार ४९० सामग्री क्लिप काउन्सिलले रेकर्ड गरी स्टोरेज गरेको छ। 

विसं २०७५ वैशाखदेखि हालसम्म ३२ च्यानल टिभीबाट मिडिया कन्टेन्ट अभिलेख भइरहेको छ। त्यसैगरी पत्रपत्रिका व्यवस्थापन प्रणालीमा आवद्ध ९७७ पत्रपत्रिका ७० हजार ८७ पिपिएफ सामग्री अभिलेख भएको छ। 

प्रकाशित मिति: : 2020-07-18 19:03:45

प्रतिकृया दिनुहोस्